डलर ठगीको आरोपमा पक्राउ परेका एक थुनुवा अदालतबाटै फरार

पुस १८, २०८० |रमेश धमला
डलर ठगीको आरोपमा पक्राउ परेका एक थुनुवा अदालतबाटै फरार

काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् ।

डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् । उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।