
काठमाडौं । पाल्पास्थित कान्तिपुर टेलिभिजकर्मी माधव अर्याललाई राष्ट्रिय फोटो पत्रकार समूहले ‘फोटो पत्रकारिता अवार्ड’ प्रदान गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस तथा राष्ट्रिय फोटो पत्रकार समूहको २७ औं वार्षिकोत्सवका अवसरमा समूहले लुम्बिनी प्रदेशबाट उत्कृष्ट भएबापत अर्याललाई अवार्ड प्रदान गरिएको हो ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्का, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले अर्याललाई अवार्ड र प्रमाणपत्रले सम्मान गर्नुभयो ।
अर्यालसँगै विभिन्न ८ विधा र प्रदेशस्तरीय उत्कृष्ट पत्रकारलाई समेत अवार्ड प्रदान गरिएको छ । सोही अवसरमा फोटो पत्रकारिताका अगुवा देवेन्द्रमान सिंहलाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।