भोजपुर । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सडकबाट जोड्न इरखुवामा बनाइँदै गरेको निर्माणाधीन पक्की पुल बिहीबार बिहान भत्किएको छ ।
पुल के कारणले भत्किएको हो त्यो भने खुल्न बाँकी छ ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ मा उक्त पुल ठेक्का लगाएर बनाउन थालेको हो । पुलको लागत ६ करोड ३० लाख रुपैयाँ रहेको बताइएको छ ।
उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो ।