नेपालगन्जस्थित रत्न राजमार्गमा राति सवारी चलाउन रोक लगाइँदा स्थानीयलाई सास्ती

पुस ६, २०८० |जे पाण्डे|सविता जीसी
नेपालगन्जस्थित रत्न राजमार्गमा राति सवारी चलाउन रोक लगाइँदा स्थानीयलाई सास्ती

बाँके । रत्न राजमार्गको नेपालगन्ज भन्सार कार्यालयदेखि दक्षिण सीमा नाका जमुनाह खण्डमा स्थानीय प्रशासन र भन्सारले रातिको समयमा यात्रु बाहक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । भन्सार क्षेत्र वरपर पर्ने बस्तीका करिब २० हजार बासिन्दासँगै भारतबाट फर्किने नेपालीले राति १० बजेपछि राजमार्ग हुँदै यात्रा गर्न पाउँदैनन् ।

नेपालगन्ज उपमहानरपालिका- २०मा पर्ने यो मार्ग नेपाल भारतको मुख्य नाका जमुनाहासँग जोडिएको छ । भन्सारको यो तगारो देखि दक्षिण तिर धेरै नेपालीको बस्ती छन् । यो मुख्य मार्ग भएर कसैलाई पनि राति १० बजेपछि आफ्नो सवारी साधनमा हिँड्न दिइँदैन ।

कति सम्म भने नेपालगन्ज भन्सारको यो गेट देखि दक्षिण रहेको बस्तीका नेपालगन्ज उपमहानरपालिकाकाउप प्रमुख कमरुद्धीन राई समेत राति १० बजे पछि गाडीमा घर जान आउन पाउँदैनन् ।

बाटो बन्द नगर्दा भारतबाट आएका मालवाहक गाडी भन्सार नगराई आउन जान सक्ने भएकाले रोक लगाउनु परेको भन्सारको तर्क गरे पनि स्थानीय बासीले भन्सारले सुरक्षा तथा मालवाहक गाडी मात्र रोक्नु पर्ने र सर्वसाधारणलाई बाटो खुला गर्नुपर्ने माग गर्दै आएका छन् ।

यातायातका साधन सहज रूपमा गुड्न सकुन् र यात्रुहरू पनि सजिलै गन्तव्य सम्म पुगुन् भनेर ठूलो लगानीमा राजमार्गहरू निर्माण गरिन्छ । नेपालगन्जको जमुनाह नाका देखि सुर्खेत सम्मको यो रत्न राजमार्ग पनि त्यही उद्देश्यले निर्माण भएको हो । तर गृह प्रशासन र भन्सारले राति राजमार्गमै यात्रुवाहक साधनमा रोक लगाउँदा धेरैले ठूलो संकट झेल्दै आएका छन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।

Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement