बडादसैंको आठौं दिन, शक्तिपीठहरुमा भक्तजनको घुइँचो (फोटो फिचर)

कार्तिक ५, २०८० |मुरारी घिमिरे
बडादसैंको आठौं दिन, शक्तिपीठहरुमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । बडादशैंको आठौं दिन आज महाअष्टमी । देशभरका शक्तिपीठहरुमा माता दुर्गा भवानीको पूजा-आराधाना गरी महाअष्टमी मनाइँदै छ ।

आजका दिन विभिन्न शक्तिपिठमा बलिसहित पूजाअर्चना गर्ने चलन छ । उपत्यकाभित्र दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्नेहरको भिड लाग्ने गर्छ ।

त्यसैगरी राजधानी बाहिर गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगगवती, जनकपुरको राजदेवीलगायत मन्दिरमा भगवतीको पूजा गरिन्छ । आजैका दिन फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई बलिसहित पूजा आरधाना गर्ने चलनसमेत छ । पशुबलि नचढाउनेहरु घिरौंला, कुभिन्डो आदिलाई बलि दिने गर्छन् । महाअष्टमीका दिन राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राागाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

हेरौं काठमाडौंको नक्सालमा रहेको भगवतीबहाल वरपरका थप दृष्य :


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।