सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीको म्याद थपसम्बन्धी बहस सकियो

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीको म्याद थपसम्बन्धी बहस सकियो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थपसम्बन्धी बहस सकिएको छ । 

दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको थियो । दुवै तर्फको‍ बहस सकिए पनि म्याद थपबारे निर्णय भने भएको छैन ।

असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

दुवै जनालाई अदालतले यसअघि दिएको म्याद आज सकिएको छ । अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.