पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिनको माग गर्दै सहकारी पीडितको प्रदर्शन

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिनको माग गर्दै सहकारी पीडितको प्रदर्शन

पोखरा । सहकारी रकम ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरुले पोखराको मुस्ताङचोकमा प्रदर्शन गरिरहेको छ । पीडितहरुले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेको छ ।

सहकारी पीडितहरुले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरुको घर घरमा पुगेर धम्क्याउने, भड्काउने गरेको भन्दै आपत्ति समेत जनाएका छन् । आजको प्रदर्शनमा सूर्य दर्शनसहित अन्य समस्याग्रस्त सहकारीका पीडितहरु समेत सहभागी भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.