‘भरतपुरलाई दोस्रो पर्यटकीय गतन्व्य बनाउने गरी काम भइरहेको छ’

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘भरतपुरलाई दोस्रो पर्यटकीय गतन्व्य बनाउने गरी काम भइरहेको छ’

काठमाडौं । चितवनको भरतपुरलाई दोस्रो पर्यटकीय गतन्व्य बनाउने गरी काम भइरहेको सरोकारवालाले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आज गरेको चितवनको सम्भावना, समस्या र समाधानका उपायको खाजी सम्बन्धी कार्यक्रममा वक्ताहरूले तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको समग्र चितवन र भरतपुरलाई दोस्रो प्रमुख गन्तव्य बनाउने गरि पूर्वाधार निर्माण गर्नुपर्नेमा जोडदिए ।

पर्यटन व्यवसायीले देशको मध्य भागमा रहेको चितवनमा पर्यटकको बसाइँ लम्व्याउन पूर्वाधार र स्तरीय होटेलमा ध्यान दिनुपर्ने बताए । भरतपुर महानगर प्रमुख रेणु दाहलले भरतपुरमा सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गैंडादेखि गुराँससम्म भएको चितवन पर्यटनको केन्द्र बन्न सक्ने भन्दै सरकारले सघाउने आश्वासन दिनुभयो ।

संघीय राजधानी काठमाडौंबाट नजिक र पर्यटकीय राजधानी पोखरा तथा बुद्धभूमि लुम्बिनीबाट समदूरीमा पर्ने चितवनमा पर्यटन विकासको सम्भावनामा वक्ताहरूले जोडदिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.