पोखरा । बिरामीको मृत्युको विषयलाई लिएर पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन् ।
जसका कारण अस्पताल परिसरमा तनाव भएको छ । परीक्षणका नाममा दिन बिताइएको र के भएको जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका हुन् । उनीहरुले अस्पतालका झ्यालढोकाका केही सिसा फुटाएका छन् । अहिले अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।