राष्ट्रपतिद्वारा गणेशमान सिंहको प्रतिमा अनावरण

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिद्वारा गणेशमान सिंहको प्रतिमा अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको कटुन्जेस्थित सुवर्णेश्वरमा निर्माण गरिएको गणेशमान सिंहको प्रतिमा अनावरण गरेका छन् ।

गणेशमान सिंहको २६औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पौडेलले प्रतिमा अनावरण गरेका हुन् । समारोहमा राष्ट्रपति पौडेलले नेपाली जनतालार्इ अधिकारसम्पन्न बनाउने हरेक आन्दोलनमा गणेशमान सिंहको योगदान उल्लेखनीय रहेको बताए ।

राष्ट्रपति पौडेलले गणेशमानको व्यक्तित्व र योगदान युवा पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताए । गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले सुवर्णेश्वरमा १२ सय किलोग्राम तौलको १२ फिट अग्लो प्रतिमा निर्माण गरेको हो ।

Enter Kantipur TV HD
Advertisement