सहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्वाइजलाई

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्वाइजलाई

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले उचालेको छ ।

लिगको नवप्रवेशी चर्च ब्वाइज डेब्यु सिजनमै सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको हो । थ्री स्टार क्लबसँग बराबरी खेल्दै चर्च ब्वाइजले एक खेलअगावै उपाधि पक्का गरेको हो ।

खेलमा चर्च ब्वाइज र थ्री स्टारले कुनै गोल गर्न सकेका थिएनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.