भारतको चारदिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री दाहाल स्वदेश फर्कँदै

जेष्ठ २०, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतको चारदिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री दाहाल स्वदेश फर्कँदै

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज (शनिबार) स्वदेश फर्कँदै छन् । दाहाल दिल्ली हुँदै साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दाहाल बुधबार दिउँसो १:२५ बजे नियमित उडानबाट दिल्ली गएका हुन् ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल करिब ५० जनाको सरकारी टिम र निजी क्षेत्रका ५० भन्दा बढी प्रतिनिधिसहित एक सयभन्दा बढीको टिम लिएर भारत भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि छन् ।

भारत भ्रमणका क्रममा दाहालले विभिन्न राजनीतिक भेट, विभिन्न सात सम्झौता एवं मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.