भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल सफा सहर हेर्न आज इन्दोर जाँदै

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल सफा सहर हेर्न आज इन्दोर जाँदै

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको इन्दोर जाँदैछन् ।

त्यहाँ उनले धार्मिक स्थलहरुको भ्रमण गर्नेछन् । दिउँसो इन्दोर फोहोर व्यवस्थापन प्लान्टको अवलोकन गर्ने कार्यक्रम छ ।

इन्दोरमा प्रधानमन्त्री दाहालको बास होटल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । बिजेपी नेता तथा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

बिहीबार प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका थिए । त्यसअघि बिहीबारै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई पक्षीय सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको थियो ।

सम्बन्धित समाचार...

महाकालेश्वरको दर्शनपछि जाग्ला त दाहालमा अध्यात्म ?

दाहाल र मोदीको उधारो आश्वासन : एकातिर कागज, अर्कातिर भाषण

भारत भ्रमणको इतिहास : कुन प्रधानमन्त्रीका पालामा केके भयो ?

मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.