कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता घिमिरे सम्मानित

वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता घिमिरे सम्मानित

रसुवा । कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता बलराम घिमिरे सम्मानित हुनुभएको छ । जिल्लाको कालिका हिमालय माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सवको अवसरमा घिमिरेलाई सम्मान गरिएको हो । 

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले घिमिरेलाई सम्मानपत्रबाट सम्मान गर्नुभयो । घिमिरे सोही विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ । घिमिरेले २० वर्षदेखि पत्रकारिता क्षेत्रमा संलग्न रही समग्र जिल्ला तथा विद्यालयलाई पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्तीकै अवसरमा विद्यालयमा अध्ययन गरेर उच्च तहमा पुगेका छात्र, छात्रा तथा विद्यालय व्यवस्थापन समितिका साथै पूर्व शिक्षकहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, प्रतिनिधि सभाका सदस्य राजन केसी तथा संविधान सभा सदस्य जर्नादन ढकाल लगायतले विद्यालयको स्वर्ण जयन्तीका अवसरमा शुभकाना मन्तव्य व्यक्त्त गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.