अपडेट : भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा नेपाली युवा, एकजना भागेरै फर्किए

जेष्ठ १७, २०८० |हरिश्चन्द्र बाग
अपडेट : भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा नेपाली युवा, एकजना भागेरै फर्किए

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९, मटेनास्थित खेलमैदान क्षेत्रबाट दुई नेपाली युवालाई भारतीय सुरक्षाकर्मीको टोलीले पक्राउ गरी लगेको छ ।

बुधबार बिहानैदेखि सादा पोसाकमा नेपालतर्फको एक पसलमा बसिरहेका भारतीय सुरक्षाकर्मीहरूले नेपाली युवा दिनेश रावत र ईश्वर पन्तलाई नियन्त्रणमा लिएर गएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए । तर भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएकामध्ये पन्त भागेर नेपाल फर्किएका छन् ।

के कति कारणले नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले लगे भन्ने विषयमा खुल्न सकेको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको र स्थानीयले दिएको जानकारीअनुसार भारतीय सुरक्षा अधिकारीहरूसँग बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।

-प्रतीकात्मक तस्बिर


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।