सप्तरीमा मोटरसाइकल दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
सप्तरीमा मोटरसाइकल दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते

सप्तरी । सप्तरीको राजविराज छिन्नमस्ता सडक खण्डअन्तर्गत छिन्नमस्ता गाउँपालिका ३ मा आज अपराह्‌न भएको मोटरसाइकल दुर्घटनामा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको प्र २-०१-००२-प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतीय पोलमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार तीन जनामध्ये दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय श्यामकुमार यादव र विकासकुमार खंग छन् । दुवैको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा सोही ठाउँका अजयकुमार खंग घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.