काठमाडौं फर्किए कामिरिता शेर्पा

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौं फर्किए कामिरिता शेर्पा

काठमाडौं । २८ औं पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी बनाएका कामिरिता शेर्पा आज काठमाडौं फर्किएका छन् ।

उनले गत मंगलबार मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण पूरा गरेका थिए । उनले यस अघि जेठ ३ गते २७ औं पटक सगरमाथाको आरोहण गरेका थिए । उनको त्यो रेकर्ड पासाङ दावा शेर्पाले सोमबार बिहान तोडेका थिए ।

२७ औं पटकको कीर्तिमानी तोडिएको २४ घण्टा नमित्दै उनले नयाँ रेकर्ड बनाएका हुन् । दुई जना आरोहिबीच सगरमाथा आरोहणको प्रतिस्पर्धा चलेपनि कामिरिताले भने त्यस्तो नरहेको बताएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.