चोरीका गहनासहित ३ जना पक्राउ

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
चोरीका गहनासहित ३ जना पक्राउ

मोरङ । चोरीको सुनचाँदीसहित पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन गरी बिहीबार प्रहरीले चोरी गरेको सुनचाँदीसहित तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत, २२ वर्षीय श्रीकान्त दास छन् ।

उनीहरूले विराटनगर महानगरपालिका तीनपिपल चोकस्थित जयकिशोर चौधरीको घरबाट जेठ ३ गते २० तोला सुन र ३६ किलो चाँदी चोरी गरेको प्रहरीले जनाएको छ ।

यसैबीच धनुषा प्रहरीले चोरीको आरोपमा पक्राउ परेका २७ जनालाई बिहीबार एकै दिन सार्वजनिक गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.