सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी

वैशाख १६, २०८० |कान्तिपुर टीभी संवाददाता
सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।

माइतीघर मण्डलामा शुक्रबारदेखि धर्ना सुरु गरेका उनले शनिबार अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।

सांसदहरुहरुलाई भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको उल्लेख गरे । उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने जनाए । उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे। उनले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको औँल्याए ।

‘हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन, कानुन बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदले काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको जनाए । उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने उल्लेख गरे । उनले संसारमा नवप्रवर्द्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने जनाए ।

सम्बन्धित समाचार...

महावीरलाई समर्थन गर्न तयार छौँ : रवीन्द्र मिश्र


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.