महावीरलाई समर्थन गर्न तयार छौँ : रवीन्द्र मिश्र

वैशाख १६, २०८० |कान्तिपुर टीभी संवाददाता
महावीरलाई समर्थन गर्न तयार छौँ : रवीन्द्र मिश्र

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले ध्यान नदिएको भन्दै महावीर पुन शुक्रबारदेखि माइतीघर मण्डला आन्दोलनरत छन् । महावीरसहित उनले उठाएका मुद्दामा समर्थन गर्ने युवाहरू शुक्रबारको रात माइतीघरकै सडकमा सुते । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि आन्दोलनलाई समर्थन गर्न त्यही पुगे ।

पार्टीको तर्फबाट समर्थन जनाउन धर्नास्थल पुगेका मिश्रले महावीरले थालेको आन्दोलनको ठूलो प्रतिकात्मक अर्थ रहेको प्रतिक्रिया दिए । उनले भने, ‘विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो । त्यसको धेरै ठूलो प्रतिकात्मक अर्थ छ ।’ मिश्रले महावीर युवाको प्रेरणाको पात्र भएको बताउँदै सरकारले गर्नुपर्ने काम उनले गरिरहेको दाबी गरे ।  

कानुन निर्माण र आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउनका लागि महावीरले सरकारलाई बजेट आउनुअघि नै दबाब दिन अन्दोलन थालेको भन्दै उपाध्यक्ष मिश्रले आफ्नो पार्टी समर्थनका लागि तयार रहेको बताए । उनले भने, ‘यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरू उहाँलाई समर्थन गर्न तयार छौँ ।’

सम्बन्धित समाचार...

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement