मिटरब्याजीपीडितहरू पुन: आन्दोलनमा

चैत्र २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
मिटरब्याजीपीडितहरू पुन: आन्दोलनमा

काठमाडौं । मिटरब्याजीपीडितको एउटा समूहसँग सरकारले सहमति गरेको चार दिन नबित्दै अर्को समूहले आन्दोलन सुरु गरेको छ ।

सरकार र पीडित पक्षबीच शनिबार भएको पाँचबुँदे सहमति झुटो भएको भन्दै हिजो (सोमबार) काठमाडौं आइपुगेको अर्को समूहले शान्तिवाटिकामा धर्ना दिएको छ । सरकारले गत असोजमै गरेको सहमति कार्यान्वयन गर्नुपर्नेमा फेरि अर्को सहमति गरेर पीडितलाई झन् अन्याय गरेको उनीहरुको आरोप छ ।

सरकारले भने मिटर ब्याजपीडितको समस्या समाधान गर्न आयोग गठन गरिसकेकाले आन्दोलन नगर्न आग्रह गरेको छ ।

काठमाडौँ आएका मिटर ब्याजपीडिहरुले यसअघि सरकारसँग राजनीतिक स्वार्थका लागि सहमति गरेको आरोप लगाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.