दोलखापछि लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
दोलखापछि लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलब आठ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलब दुई म्याग्निच्युडको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।

यसअघि गत चैत १४ गते राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ ग्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै चैत १२ गते बाजुरा र १० गते मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.