सभामुखलाई प्रेम सुवालको प्रश्न- को को हुन् पित पत्रकारिता चलाउने ?

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सभामुखलाई प्रेम सुवालको प्रश्न- को को हुन् पित पत्रकारिता चलाउने ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सभामुख देवराज घिमिलेरे पत्रकारहरूका बारेमा दिएको अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन् । काठमाडौंको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले पत्रकारहरू बिक्ने गरेको आरोप लगाएका थिए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद सुवालले सभामुख घिमिरेको उक्त अभिव्यक्तिको छानबिन गर्न माग गरेका हुन् । ‘पत्रकारहरूको बारे यहाँले अध्ययन गरेर भन्नु भएको भए छानबिन समिति नै बनाउनु पर्यो ।’ उनले भने, ‘को को हुन् पित पत्रकारिता चलाउने ? त्यो सभामुखबाट छानबिन हुनु पर्यो ।’

सांसद सुवालले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वका विषय हुने भन्दै सदनलाई सचेत पनि गराए । उनले अगाडि भने, 'सभामुखज्यूले बोलिसक्नु भएपछि यो विषय प्रधानमन्त्रीले तत्काल छानबिन गरेर कारबाही गर्नु पर्ने हुन्छ । होइन भने अहिले नै यहाँ संसदले छानबिन समिति बनाउन जरुरी हुन्छ ।'

उनले सदनमा पेश भएको 'अनुगमन तथा मुल्यांकन विधेयक २०७८' सम्बन्धि प्रस्तावमाथि विरोधको सूचना दिएका थिए । सो प्रस्तावको विरोध गर्नुको कारणबारे बोल्दै सांसद सुवालले संवैधानिक आयोग र न्यायालय तठस्थ नभएको आरोप लगाए । उनले संवैधानिक आयोग र न्यायालय तठस्थ नहुने हो भने त्यस्ता आयोगको कुनै औचित्य नहुनेसमेत औल्याए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.