कर्णाली उत्सवको चौथो संस्करण सुरु, १६ वटा सत्र चल्ने

फाल्गुन ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
कर्णाली उत्सवको चौथो संस्करण सुरु, १६ वटा सत्र चल्ने

काठमाडौं । कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव कर्णालीको उत्सवको चौंथो संस्करण सुरु भएको छ । कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे ।

तीन दिनसम्म चल्ने उत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निर्माणका लागि छेडिएको यो बहसले कर्णालीको विकासमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको जनाए । कर्णालीमा समस्याको व्याख्या गर्नेहरुको कमी नभएको बताउँदै मुख्यमन्त्री शर्माले समस्याको समाधान गर्ने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताए । त्यसका लागि निरन्तर छलफल र बहसको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शर्माले नीति निर्माण र कार्यान्वयनमा पनि अपनत्व लिनुपर्ने उनको भनाइ छ ।

‘हामीले कर्णालीका चुनौती र कर्णालीका सम्भावनाका विषयमा छलफल बहस निरन्तर गर्न आवश्यक छ । यसका लागि नीति निर्माण र कार्यान्यवनमा अपनत्व लिनुछ । यी दुई कुरालाई एकसाथ अघि बढाउनुछ,’ मुख्यमन्त्री शर्माले भने, ‘बहस लिएर जनतासमक्ष पुग्ने र कार्यान्वयनका लागि जनस्तरबाट सहयोग पाउने कुरा जटिल कुरा हो । समृद्ध कर्णाली कसरी निमार्ण गर्ने भन्ने कुरामा छेडिएको यो बहसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएका छौं ।’

मुख्यमन्त्री शर्माले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख व्यवस्थामा पुग्ने बाटो र तरिकाको बारेमा पनि बहस र बहस र छलफल गर्नुपर्ने बताए । ‘हामी सबैले चाहेको र सोचेको समाजवाद सुख हो र खुसी हो । हाम्रो सुख आर्थिक समृद्धिसँग जोडिएको छ । यसलाई आत्मसाथ गरेर छलफल र बहस चलाउनुछ,’ उनले भने, ‘नेपाली नागरिकले राष्ट्रप्रतिको दायित्वबोध कसरी गर्छ भन्ने कुराले नै धेरै कुरा निर्धारण गर्छ । शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधारमा केन्द्रीत भएर बहस गर्दा नै सही ठाउँमा पुग्छौं भन्ने लाग्छ ।’

उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले उत्सववलाई वीरेन्द्रनगर नगरपालिकाले गर्ने सहयोगमा कुनै कमी नहुने जनाए । उनले उत्सवमा हुने बहसले प्रदेश सरकार र यस प्रदेशभित्रका सबै स्थानीय सरकारलाई एउटा मार्गनिर्देशन हुने बताए ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कर्णालका मान्छेको कुरा सुनाउने उदेश्यले कर्णाली उत्सवको आयोजना गरिएको बताए । उनले कर्णालीलाई संघीयता चाहिए पनि सामर्थ्यको अभाव रहेकाले सामार्थ्यको अभाव महसुस गरिएकाले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । जम्मा १६ वटा सत्र रहेको कर्णाली उत्सव ७ गतेसम्म सञ्चालन हुनेछ ।

‘म ज्युँदो बुबा, विधवा आमाको कान्छो सन्तान’
कुडा कर्णालीका : निर्वाचन र लोकतन्त्र
कुडा कर्णालीमा यो सहर : त्यो रहर र कर्णाली खेल्दोछ...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.