बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको मृत्यु

माघ ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको मृत्यु

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

इलाम, पञ्चकन्याका ३७ वर्षीय आचार्यले आफैँले शरीरमा पट्रोल छर्किएर मंगलबार अपराह्न आगो लगाएका थिए ।

घटनाअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै कुनै उपाय लगाउँदा पनि बाच्न नसक्ने अवस्थाका कारण मृत्युलाई रोज्न बाध्य भएको उल्लेख गरेका थिए । विभिन्न व्यवसाय गर्दा धेरै ऋणमा डुबेर गरी खान नसक्ने स्थितिमा पुगेकाले आत्महत्याको निर्णय लिन पुगेको स्टाटसमा लेखेका छन् ।

उनी विवेकशील साझा पार्टीको इलाम जिल्लाको जिल्ला संयोजकसमेत रहेको खुलेको छ । 

थप समाचार...

संसद भवन अगाडि आत्मदाहको प्रयास

बानेश्वरको सडकमा आफ्नै शरीरमा आगो लगाउने युवा विवेकशील साझा पार्टीको पूर्वनेता रहेको खुलासा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.