संसद भवन अगाडि आत्मदाहको प्रयास

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
संसद भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर आत्म दाहाको प्रयास गरेका छन् ।

प्रहरीले उनलाई शरीर जलिरहेको अवस्थामा उद्धार गरेर कीर्तिपुर अस्पताल लगेको छ । ३७ वर्षीय इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट प्रहरीले उनको सवारी अनुमति प्रमाणपत्र (लाइसेन्स) फेला पारेको छ । साथै उनले पेट्रोल बोकेर ल्याएका पानीका बोतलहरु भेटिएका छन् ।

उनले किन शरीरमा आगो लगाए भन्नेबारे खुल्न सकेको छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.