टुँडिखेलमा ल्होसार (फोटो फिचर)

माघ ८, २०७९ |विनोद कोजू
टुँडिखेलमा ल्होसार (फोटो फिचर)

काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार सोनाम ल्होसार पर्व मनाएका छन् ।

काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानमा हर्षोल्लास रुपमा सोनाम ल्होसार मनाएका हुन् । ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो ।

टुँडिखेलमा तीन दिन चलेको ल्होसार पर्वको अवसरमा तामाङ समुदायले सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी प्रदर्शन गरेका थिए । आजको दिन तामाङहरुको बसोबास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ ।

आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।

यो पनि हर्नुहोस्...

सिन्धुपाल्चोकमा पनि ल्होसार (९ तस्बिर)

प्रधानमन्त्री दाहालले भने- दुईजना तामाङलाई मन्त्री बनाउँछु


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement