सिन्धुपाल्चोकमा पनि ल्होसार (९ तस्बिर)

माघ ८, २०७९ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा पनि ल्होसार (९ तस्बिर)

सिन्धुपाल्चोक । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार सिन्धुपाल्चोकमा पनि सोनाम ल्होसार पर्व मनाएका छन् ।

तामाङ समुदायको बस्ती रहेका स्थानमा हर्षोल्लास रुपमा सोनाम ल्होसार मनाइएको हो । चौतारालगायत स्थानमा ल्होसारका अवसरमा विशेष झाँकी प्रदर्शन गरिएको थियो ।

आजको दिनलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।

तामाङ समुदायले आ-आफ्नो गच्छेअनुसार नयाँ लुगा लाउने आफन्त र परिवार भेला भएर, मीठो खाने र भेला भएर नाचगान गरी रमाउने गर्छन् । हेरौं सिन्धुपाल्चोकका तामाङ समुदायले हर्सोल्लासका साथ मनाइएको सोनाम ल्होसारको रौनकका थप तस्बिर :


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement