पृथ्वी जयन्तीमा राष्ट्रपति (२० तस्बिर)

पुस २७, २०७९ |पशुपति बुढाथोकी|राजेन्द्र महर्जन
पृथ्वी जयन्तीमा राष्ट्रपति (२० तस्बिर)

काठमाडौं । मुलुकमा गणतन्त्र स्थापनापछि पहिलोपटक मनाइएको पृथ्वी जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती गणतन्त्र आएयता मनाइएको थिएन । आज बुधबार विविध कार्यक्रम आयोजना गरी देशैभर ३०१औं पृथ्वी जयन्ती मनाइँदै छ । शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाइन्छ । सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पणका लागि राष्ट्रपति भण्डारी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगयत नेता तथा सर्वसाधारणको उपस्थिति थियो ।

वि.सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखाका राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा बुधबार देशभर विभिन्न कार्यक्रम गरी ३०१औं जन्मजयन्ती मनाइएको हो । यस अवसरमा सरकारले आज (बुधबार) सार्वजनिक बिदा पनि दिएको छ ।

यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वीनारायण शाह रहेको सालिकअघि विभिन्न झाँकी, सेनाको परेड प्रदर्शन गरिएको थियो । हेरौं थप तस्बिर : 


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement