रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टीकरण

मंसिर ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टीकरण

चितवन । नागरिकतासम्बन्धी विवादको विषयमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन् । आज (मंगलबार) अपराह्न ४ बजे लामिछानेले गोप्यशिलबन्दीमा स्पष्टीकरण बुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । 

आचार्यका अनुसार भोलि (बुधबार) बिहान सो खामबन्दी स्पष्टीकरण निर्वाचन आयोगलाई पठाइनेछ । विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नवीकरण नगरी निर्वाचनमा भाग लिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी परेको थियो । सो विषयमा आयोगले लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न आग्रह गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.