ताप्लेजुङको फुङफुङे झरना बन्यो पर्यटकको गन्तव्य

आश्विन २०, २०७९
ताप्लेजुङको फुङफुङे झरना बन्यो पर्यटकको गन्तव्य

नेपालका अधिकांश पहाडी क्षेत्रमा झरना छन् । बर्खायाममा निकै सुन्दर देखिने धेरै झरना हिउदँमा हराउँछन् । तर ताप्लेजुङको फुङफुङे झरना कहिल्यै सुक्दैन । एक सय पर्यटकीय गन्तब्यको सूचीमा रहेको फुङफुङे झरना सधैँ उही र उस्तै सुन्दरता बोकेर वर्षौदेखि ठूलो चट्टानी पहाडबाट झरिरहेको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङवाट पश्चिम दिशामा  रहेको फुङफुङे झरना मिक्वाखोला गाउँपालिकामा छ । जिल्लाकै दोश्रो ठुलो वजार दोभान, मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फी हुँदै यहाँ गाडीवाट तीन देखि चार घण्टामा  पुगिन्छ । करिव ४५ किलोमिटर कच्ची सडक भएकाले कहिले सुखद त कहिले दुखद पहाडी यात्राको बिशेषता र अनुभव बटुल्ने अवसर पनि मिल्छ ।  यो झरना बार्‍है महिना बहिरहने देशकै लामो झरनामा पर्छ ।  

अवलोकनकालागि जानेले प्राकृतिको दिव्य र अतुलनीय सुन्दरता देख्नछन् । यहाा होमस्टेको व्यवस्था गरिएको छ । होटलमै वस्न चाहनेकालागि त्योपनि छ । लिम्वू समुदायको वसोवास भएकाले च्याब्रुङ लगायतका वाजाका तालमा नाच्न र धान नाचमा रमाउन पाइन्छ । 

सय गन्तब्यस्थलको सूचीमा रहेको यसस्थानमा यात्रुको सहजताका लागि सिंढी वनाउने काम भएका छन् । तर पर्यटकका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकताको महसुस गाउँपालिकाले गरेको छ । 

ताप्लेजुङको पाथिभरामा वाषिर्क ३ लाख तीर्थयात्री आउने गरेका छन् । उनीहरुको बसाई लम्ब्याउने तर्फ जिल्लाबासीले केही तयारी नै छैन । ताप्लेजुङ पुग्ने संख्यालाई फुङफुङे पुर्याउन सके  पर्यटकले थप आनन्द लिन सक्ने र जिल्लाकालागि पनि आयश्रोत बढ्ने देखिन्छ ।