जापानको युवा टोलीद्वार नेपालसामु ८१ रनको सामान्य लक्ष्य प्रस्तुत

असार १०, २०८२ |खेल ब्युरो
जापानको युवा टोलीद्वार नेपालसामु ८१ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कप क्रिकेटमा जापानको युवा टोलीले नेपालसामु ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कोजल टुन्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । जापानलाई सस्तैमा समेट्न शुभम खनालले नेपालका लागि सानदार बलिङ गरे । उनले ५ विकेट लिँदै जापानलाई दबाबमा राखेका थिए ।

ओपनर ह्युगो तानिकेली ४ रन बनाएर अभय यादबको सिकार बने । मोन्टी हराहिन्जेले खाता खोल्न सकेनन् । कोबायाशी डोगेट ८ रनमा आउट भए । ल्यूक मिनार्ड र स्काइलर नाकायामा कुक समान ५-५ रनमा बाहिरिए । कप्तान चार्ली ह्याहिन्जेले सर्वाधिक ३६ रनको योगदान दिए । इशान लाल १ रनमा रनआउट भए । 

ग्याबी हाराहिन्जे १३ रनमा शुभम खनालको एलबीडब्यू धरापमा परे । एरिक ह्यारिसन गोल्डेन डक हुदा शुभम ह्याट्रिक नजिक पुगेका थिए । जुटो बलले खाता खोल्न सकेनन् । ताइगा हेग २ रनमा नटआउट रहे । जापानका ९ जना ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न सकेनन् ।

नेपालका लागी शुभमले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्च गरेर ५ विकेट लिए । अभयले २ तथा सुसिल रावल र कप्तान विपिन शर्माले १-१ विकेट लिए ।

पहिलो खेलमा जित हात पारेका दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । जापानले आफ्नो पहिलो खेलमा भुटानमाथि २ सय १५ रनको फराकिलो जित हात पारेको थियो ।

नेपाल यस प्रतियोगिताको अघिल्ला तीन संस्करणको विजेता हो । चौथो पटक उपाधि जित्ने अभियानमा रहेको नेपाल जापानसँग पनि जित निकाल्दै सेमिफाइनल नजिक पुग्ने योजनामा हुनेछ । 

समूह ‘ए’ मा जापान २ अंकसहित शीर्ष स्थानमा छ । समान अंक रहे पनि नेट रन रेटमा पछि रहेको नेपाल दोस्रो स्थानमा छ ।