संखुवासभा । अविरल वर्षातको कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका-५ फ्याक्सिन्दा खण्डमा सडक अवरूद्ध भएको छ।
मंगलबार बिहान वर्षाको कारण फाक्रे खोला पुल नजिक पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोको कारण खाँदबारी-गोला सडक खण्ड अवरूद्ध भएको छ ।
उक्त पहरो हटाउने काम भइरहेको उत्तरदक्षिण कोशी सडक योजनाले जनाएका छ। पहिरोले खाँदबारीबाट भोटखोलाका लागि छुटेको र भोटखोलाबाट खाँदबारी आउँदै गरेका साना र ठूला सवारीका साधन वारपार हुन सकेको छैन्।