नेपालमा एक सयभन्दा बढी जातजाती छन् । प्रायः सबैको आफ्नै संस्कृति छ । तर कतिपय संस्कृति लोप हुन लागेका छन् । सिन्धुपाल्चोकका तामाङ समुदाय भने लोपोन्मुख डम्फूको संरक्षण गर्न लागेका छन् । कुनै पनि शुभकार्य, विवाह, व्रतबन्ध र ल्होछार जस्ता पर्वमा तामाङ समुदायमा जोर डम्फु बजाउने चलन छ । तर पछिल्लो समय डम्फुको संस्कृति लोप हुँदै गएपछि संरक्षणको पहल सुरु भएको हो ।
तामाङ समुदायले विवाह, ब्रतबन्ध र ल्होसार पर्वमा मौलिक बाजा डम्फुको तालमा सेलो गाउने गर्दछन् । तर पछिल्लो समय तामाङ समुदायकाको यो कला र संस्कृतिको बजारमा आएको आधुनिक सेलो गितले धानेको छ । मौलिक बाजा र सेलो लोप हुँदै गएकाले सिन्धुपाल्चोकका तामाङ समुदाय अहिले डम्फु बनाउन जुटेका छन् ।
डम्फु र सेलो भाकाले तामाङ समुदायको पहिचान दिएको छ । शुभ कार्यमा डम्फुको तालमा सेलो गीतबाटै ताम्बा गान्बाले आशिर्वाद दिने चलन अहिले विरलै पाइन्छ । समुदायले नै डम्फु बनाउन छोडेपछि पछिल्ल्ाो सयम भारतबाट ल्होसारका लागि डम्फु आयात हाुदै आएको छ ।
आधुनिक सेलोका कारण मौलिक बाजा डम्फु र सेलो लोपोन्मुख अवस्थामा पुगेका छन् । नयाा पुस्ताको निस्कृयताले डम्फूसागै सेलो लोप हुने चिन्ता बढ्न थालेपछि भारतबाट छालाजन्य वस्तु ल्याएर स्थानीय सामग्रीको समेत प्रयोग गरी डम्फु बनाउन थालिएको छ ।
आˆनो परम्परा र संस्कृति संरक्षणका लागि तामाङ समुदायले देखाएको अग्रसरता प्रशंसनीय छ । आफ्नो मौलिक बाजा र गीतको संरक्षण गर्दै जाने हो भने तामाङ समुदाय मात्रै होइन, सबैको संस्कार र संस्कृतिको जगेर्ना गर्न सहज हुने छ ।