राइड शेयरिङ स्थगन नगर्न सर्वोच्चको आदेश

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
राइड शेयरिङ स्थगन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राइड शेयरिङ स्थगन नगर्न अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धी नयाँ कानुनविरुद्ध व्यवसायीले आन्दोलन गरेका थिए । 

यातायात व्यवसायीको आन्दोलनपछि संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गर्दै कानुन कार्यान्वयन गर्न रोक लगाएको थियो । संघीयताको मर्मविपरीत संघीय सरकारले निर्देशन दिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सोही रिटको सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड शेयरिङ नियमावली स्थगित नगर्न आदेश दिएको हो । 

सर्वोच्चले सार्वजनिक यातायातमा बन्द हडताल नगर्न पनि निर्देशनात्मक आदेश जारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.