नन्दप्रसाद जानुका स्मृति पुरस्कार शिक्षासेवी मिलनराज तुलाधरलाई

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नन्दप्रसाद जानुका स्मृति पुरस्कार शिक्षासेवी मिलनराज तुलाधरलाई

काठमाडौं । यस वर्षको नन्दप्रसाद जानुका स्मृति पुरस्कार शिक्षासेवी मिलनराज तुलाधरलाई प्रदान गरिने भएको छ । पुरस्कार तथा सम्मान छनोट समितिको सिफारिसका आधारमा नन्दप्रसाद जानुका फाउन्डेशनको सञ्चालक समितिको बैठकले तुलाधरलाई सम्मान गर्ने निर्णय गरेको हो ।

रूसका लागि पूर्वराजदूत तथा पूर्वशिक्षक रहनुभएका तुलाधरले विसं २०२९ सालदेखि दोलखाको शिक्षा क्षेत्रमा निरन्तर क्रियाशील रही सेवा गर्दै आउनुभएको थियो । तुलाधरलाई नगद २५ हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ । आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा काठमाडौंमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने फाउन्डेशनले जनाएको छ ।

दोलखाका शैक्षिक अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी र उहाँकी धर्मपत्नी जानुका शिवाकोटीको स्मृतिमा स्थापित नन्दप्रसाद जानुका फाउन्डेशन विगत वर्षदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको छ । फाउन्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रूपान्तरणमार्फत समुन्नत दोलखा निर्माणको अभियानमा समर्पित व्यक्तिहरूलाई प्रत्येक वर्ष सम्मानित गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.