भवन निर्माण संहिताको पालना नहुँदा शहर भूकम्पीय जोखिममा

माघ २, २०७८
भवन निर्माण संहिताको पालना नहुँदा शहर भूकम्पीय जोखिममा

भूकम्प आफैले जनधनको क्षति गर्दैन । मानिसले बनाइएका कमजोर घर, भवन र संरचनाहरु नै ठूलो क्षति निम्त्याउँछ । भवन निर्माण संहिता पालना नगरी नक्शा स्वीकृति गर्ने र कमसल रुपमा घर भवनहरु बनाउन थालेसँगै शहरबजार भूकम्पीय रुपमा जोखिमपूर्ण बन्दै गएको छ । 

भूकम्पीय जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सरकारले  वि.सं. १९९० साल माघ २ गतेका दिन गएको महाभुकम्पको स्मृतिमा २०५५ साल देखि हरेक वर्ष माघ २ मा भुकम्प सुरक्षा दिवसको  मनाउँदै आईरहेको छ । भूकम्पीय सचेतना, सुरक्षित संरचना" भन्ने मूल नाराका साथ यसापली पनि भूकम्प दिवस मनाइएको छ । भूकम्पबाट बच्न र बचाउन तीन तहको सरकार सहकार्यका साथ अघि बढ्न आवश्यक छ ।

भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माणको लागि महत्वपूर्ण भवन निर्माण संहिताको स्थानीय तहले पालना गरेका छैनन् ।  स्थानीय तहहरुले आफू खुशी गलत मनसायले नक्सा पास गर्ने गरेका छन् । 

त्यसो त स्थानीय तहहरुमा प्राविधिक जनशक्ति नहुनु, दक्ष कालिगढको कमी, घरधनीहरुमा भूकम्प प्रतिरोधात्मक चेतनाको अभाव, गुणस्तरहीन निर्माण सामाग्री लगायतले पनि समस्या नभएका होइनन् ।  

हरेक वर्ष मनाइने भूकम्प सुरक्षा दिवसलाई औपचारिकतामा सीमित नगरी भवन निर्माण संहिताको पालनामा सबैले तदारुकता देखाउन जरुरी छ ।