‘सामान्य अवस्थाले देश अगाडि बढ्न नसक्ने’ निष्कर्ष निकाल्दै गठन भएको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनलाई नै 'सामान्य अवस्थामा अघि बढ्न' मुस्किल परिरहेको देखिएको छ । गठबन्धनको सुरुदेखि नै देखिएका मनमुटाव गभर्नर नियुक्ति प्रकरणले थप अविश्वास पैदा गरेको छ ।
खासगरी, सरकारले भनेजस्तो लय लिन नसकेको, सरकार गठन गर्दा तय गरिएको मुल मूद्दामा ध्यान नदिएको जस्ता विषयमा गठबन्धनभित्र पटक पटक असन्तुष्टि स्पष्ट देखिँदै आएको छ । ओली सरकार कति जोखिममा ? किन चिसियो कांग्रेस-एमालेको सम्बन्ध ? सरोकारको आजको अंकमा हामी यही विषयमा केन्द्रित भएर बहस गर्दे छौँ । हामीसँग हुनुहुन्छ, नेपाली कांग्रेसका नेता शंकर भण्डारी, नेकपा एमालेका नेता सूर्य थापा र राजनीतिक विश्लेषक पीताम्बर भण्डारी ।