लामो समयको रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पायो । तर सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन सरकारलाई नीति र थिति दुवैमा सघाउनुपर्ने दायित्व बोकेको राष्ट्र बैंक नेतृत्वमा राजनीतिक भागबन्डाको कुरूप अनुहार यस पटक देखियो ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर प्रधानमन्त्रीको कक्षमा बिचौलियाकै प्रवेशदेखि आर्थिक चलखेलसम्मको आरोप प्रत्यारोप चल्यो । नियुक्तिको विषयलाई सत्तारुढ दलहरूले यति गिजोले कि नयाँ गभर्नरले दबाब र प्रभावमुक्त एवं स्वतन्त्र निर्णय लिन सक्छन् भन्नेमै शंका गरिएको छ । विवाद सेलाइसकेको छैन ।
नवनियुक्त गभर्नरको जिम्मेवारीमा आएका अर्थतन्त्रका विज्ञ मानिएका विश्व पौडेल सत्तारुढ दल कांग्रेसबाट संसदीय निर्वाचन लडेका पात्र हुन् । गभर्नर पौडेलले आफ्नो निधारमा लागेको राजनीतिक दाग कसरी हटाउलान् ? केन्द्रीय बैंकको स्वायत्तताको रक्षा कसरी हुन्छ ? मुलुकलाई एफएटीएफको ग्रे लिस्टबाट हटाउने, वित्तीय क्षेत्रको नियमन, समस्याग्रस्त सहकारी र लघुवित्त क्षेत्रको पुनरुत्थान जस्ता चुनौती सामना गर्ने रणनीति के ?
फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको उत्तर खोज्ने छौं र आज हामीसँग हुनुहुन्छ, नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल ।
हेर्नुहोस् कार्यक्रम फायरसाइड :