फायरसाइडमा पम्फा भुसाल : पूर्वराजालाई निर्वाचनमार्फत राष्ट्रपति वा प्रधानमन्त्री हुने अधिकार छ

चैत्र ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा पम्फा भुसाल : पूर्वराजालाई निर्वाचनमार्फत राष्ट्रपति वा प्रधानमन्त्री हुने अधिकार छ

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमार्फत सक्रिय राजनीतिमा आउने र त्यसैबाट राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री हुने अधिकार भएको बताउनुभएको छ । तर वंशवाद, निरङ्कुशता र हुकुमप्रमाङ्गी नखोज्न भुसालले शाहलाई सुझाव दिनुभयो ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै उपाध्यक्ष भुसालले माओवादीले राष्ट्रिय सहमतिको सरकारको कुरा नगरेको पनि स्पष्ट पार्नुभयो ।

‘जनतासँग माओवादी’ भन्दै जनतामा पुग्ने अभियान चलाइरहेको माओवादीले हाल विभिन्न कारण देखाउँदै अभियान स्थगित गरेको छ । माओवादी केन्द्रको अभियान र आगामी महाधिवेशनसम्मका विषयमा कुरा गरिएको अन्तर्वार्तामा भुसाललाई पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा चुनाव लड्ने कि नलड्ने भन्ने प्रश्न पनि गरिएको छ ।

कार्यक्रम राति ९ बजे प्रसारण हुनेछ भने कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement