फायरसाइडमा रमेशसिंह भण्डारी : कलेजो रोग र नेपालको स्वास्थ्य प्रणालीका विभिन्न आयाममा छलफल

फाल्गुन २६, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा रमेशसिंह भण्डारी : कलेजो रोग र नेपालको स्वास्थ्य प्रणालीका विभिन्न आयाममा छलफल

असाध्य रोगका कारण जीवन नै संकटमा पर्ने बिरामीहरूका लागि विज्ञान वरदान हो । चिकित्सा विज्ञानमा भइरहेका नवीन आविष्कारहरूले मानिसमा लाग्ने जटिलभन्दा जटिल रोगहरूको पनि निदान सम्भव हुँदै आएको छ । 

शरीरका महत्त्वपूर्ण अंगहरूको प्रत्यारोपण त्यसैको एउटा उदाहरण हो । नेपालमा भने अंग प्रत्यारोपणको विषय अझै पनि कष्टसाध्य छ । जनशक्ति, उपकरण, अनुसन्धान र यसमा लाग्ने लागतका कारण अंग प्रत्यारोपण हाम्रा लागि कठिन छ । तर त्यति हुँदा पनि आज नेपालमै मिर्गौला प्रत्यारोपण सम्भव छ । मानव शरीरको अर्को महत्त्वपूर्ण अंग कलेजोको प्रत्यारोपण पनि नेपालमा सम्भव छ । 

केही वर्षअघिसम्म कलेजो प्रत्यारोपणका लागि विदेश नै जानुपर्ने स्थिति अहिले छैन । तर उत्साहजनक परिणामसहित नेपालमा कलेजो प्रत्यारोपण सुरु भए पनि त्यसले संख्यात्मक रूपमा गति लिन सकेको छैन । फायरसाइडको आजको अंकमा कलेजो प्रत्यारोपणमा नेपालको क्षमताको विषयमा कुरा गर्नेछौं । साथै, कलेजोसँग सम्बन्धित रोग र समस्याहरू, नेपालको स्वास्थ्य प्रणालीका अन्य आयामहरूबारे पनि छलफल गर्नेछौं । र आज हामीसँग हुनुहुन्छ, नेपालमै कलेजोको सफल प्रत्यारोपण गरिरहनुभएका शल्य चिकित्सक प्रा.डा. रमेशसिंह भण्डारी ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement