सरोकार : अमेरिकी नेतृत्वको विश्व बहुध्रुवीय प्रणालीतर्फ गयो

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरोकार : अमेरिकी नेतृत्वको विश्व बहुध्रुवीय प्रणालीतर्फ गयो

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिला जानकारहरूले ९० को दशकपछि सुरू भएको विश्व उदारवादी व्यवस्था परिवर्तनको संघारमा रहेकाले नेपाल जस्ता साना देशलाई असर गर्ने बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा वक्ताहरुले अमेरिकाको नेतृत्वमा रहेको विश्व पछिल्लो घटनाक्रमले बहुध्रुवीय प्रणालीतर्फ गएको बताए । 

परराष्ट्र मामिला जानकार रूपक सापकोटाले पछिल्लो विश्व राजनीतिक घटनाक्रमले संयुक्त राष्ट्रसंघ लगायतका विश्व संघ-संगठन, विश्व मान्यता र अन्तर्राष्ट्रिय कानुनहरूलाई कमजोर बनाएको भन्दै नेपाल जस्ता मुलुक रक्षात्मक अवस्थामा पुगेको बताउनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता लीला न्याइच्याईंले अमेरिका-युक्रेन घटनाक्रमबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रम सरोकार आज राति ९ बजे प्रसारण हुनेछ । यो कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब र एपमा पनि हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement