नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन आफैंले ल्याएका अध्यादेशका कारण नैतिक संकटमा फसेको छ । संसद् अधिवेशन सुरू हुने बित्तिकै ‘फास्ट ट्रयाक’मा अघि बढाउने भनिएका ती अध्यादेश सत्ता समर्थक दलकै असहमतिका कारण अड्किएका छन् ।
अब सरकार अध्यादेश अघि बढाउनका लागि विकल्पहरू खोजिरहेको छ- शंका छ कि सरकार साना केही दललाई फुटाएर भए पनि आफ्नो पक्षमा बहुमत साबित गर्ने प्रयासमा छ । अर्कोतर्फ, विधेयक अधिवेशन भनिने संसदको चालु अधिवेशनले दुई दर्जनभन्दा बढी विधेयक टुंगो लगाउने दाबी गरिए पनि त्यसअनुरूप काम भइरहेको छैन ।
सरकार गठनको आठ महिना बित्न लाग्दा नागरिकले गरेका अपेक्षा र प्राप्त उपलब्धिबीचको खाडल स्पष्ट देखिन्छ। सरकार आफूमाथि भइरहेको आलोचनालाई भ्रमको संज्ञा दिन्छ, तर नागरिकले महसूस गर्ने गरी ठोस काम गर्न नसकेको तथ्य लुकाउन खोज्छ । कमजोर कार्यसम्पादन, सुशासनमा असफलता, अर्थतन्त्र सुधारमा फितलो पहल र नियन्त्रणमुखी शैली जस्ता आरोपहरूले सरकार घेरिएको छ ।
फायरसाइडको आजको अंकमा हामी यिनै मुद्दाहरूमाथि बहस गर्नेछौं । हामीसँग आज हुनुहुन्छ- नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला ।
हेर्नुहोस् कार्यक्रम फायरसाइड :