फायरसाइडमा चिरञ्जीवी नेपाल : देश ग्रे लिस्टमा पर्‍यो, अब के गर्ने ?

फाल्गुन १२, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा चिरञ्जीवी नेपाल : देश ग्रे लिस्टमा पर्‍यो, अब के गर्ने ?

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ । यस्को अर्थ हो, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि गर्नुपर्ने प्रयासहरूमा नेपाल कमजोर देखिएको छ ।

अपराधजन्य क्रियाकलापबाट आएको रकम वैध बनाउन रोक्ने प्रतिबद्धतापछि २०१४ मा नेपाल यो सूचीबाट बाहिरिएको थियो । नेपालले सुधारको प्रतिबद्धता जनाएको थियो, तर, कालोधनलाई सेतो बनाउन रोक्न बनाइएका कानुन कार्यान्वयन गर्न नसक्दा नेपाल पुनः ग्रे लिस्टमा परेको छ ।

राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरण रोकथामको प्रमुख नियामक मानिन्छ । तर बैंकिङ प्रणालीभित्रको कमजोरी, हुन्डी नियन्त्रणमा असफलता र वित्तीय निगरानीको अभावले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयतामा धक्का लागेको छ । विदेशी लगानी घट्ने, ऋण तथा अनुदान प्रभावित हुने र समग्र अर्थतन्त्रलाई झन् चुनौती पर्ने जोखिम छ।

अब के गर्ने ? नेपालले ग्रे लिस्टबाट निस्कन सुधारका प्रयासहरूलाई कति गम्भीर रूपमा लिन्छ ? फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्नेछौं र आज हामीसँग हुनुहुन्छ, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल ।

हेर्नुहोस् कार्यक्रम फायरसाइड :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement