सरोकार : एनपीएलमा क्यान र टिमका मालिकहरुको खर्च कति, आम्दानी कति ?

पुस १०, २०८१ |विकास थपलिया
सरोकार : एनपीएलमा क्यान र टिमका मालिकहरुको खर्च कति, आम्दानी कति ?

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा बनेको छ । पहिलो संस्करणमै एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटलाई चिनाउने उल्लेखनीय सफलता पाएको छ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ, तर साँचो अर्थमा यो जित समग्र नेपाली क्रिकेटको हो ।

तीन साताको क्रिकेट मेलाका केही सामान्य विवादलाई छाड्ने हो भने धेरैलाई यसले आकर्षित गर्न सफल भएको छ । मैदानभित्रको प्रतिस्पर्धाका अतिरिक्त यसले खेलकुदमा सामान्य रुची राख्ने समर्थकदेखि राजनीतिज्ञसम्मलाई कीर्तिपुर मैदानसम्म डोर्‍याएको थियो ।

विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय ब्रोडकास्ट र नेपालभित्रका प्रतिभा पहिचानले यो प्रतियोगितालाई नेपाली खेलकुदको गौरवमय क्षणका रुपमा लिन सकिन्छ । ब्रायन लारा, शिखर धवनजस्ता विश्वविख्यात खेलाडीको उपस्थिति, स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण र घरेलु क्रिकेटमा नयाँ सम्भावनाका ढोका यो प्रतियोगिताले खुलाएको छ । नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले देशभित्रका खेल प्रतिभालाई उजागर गरेको छ ।

क्रिकेटका कारण मैदान बाहिरको अर्थतन्त्रमा भएको चहलपहल र प्रायोजकलाई पुगेको लाभको लेखाजोखा पनि भइरहेको छ । एनपीएल सफल हुनु वा यति धेरै चर्चामा आउनुको कारण के थियो ? के थिए यसपटकको एनपीएलका मुख्य विशेषता ? आउँदो एनपीएल संस्करणमा थप के हुन सक्छ ? बजेटको वर्षा भएको एनपीएलमा क्यान र क्लबका मालिकहरुको खर्च कति, आम्दानी कति ? नेपाली क्रिकेटको अबको गन्तव्य कहाँ ? यिनै विषयमा बहस गर्न आज हामीले स्टुडियोमा निम्त्याएका छौँ - नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता— छुम्बी लामा, नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी- शरद भेषवाकर र एनपीएलमा सहभागी एक टिम कर्णाली याक्सका मालिक- गेहेन्द्र घिमिरे ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement