सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय कायम भएको छ ।

स्थानीय बजारमा हिजो सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ९ सय ८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement