राहदानी विभागको अनलाइन प्रणाली अवरुद्ध । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बन्द । सर्भर डाउन भएपछि वाग्मती प्रदेशका सवारी लाइसेन्स सेवा अवरुद्ध । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन - सेवा स्थगित ।
सूचना प्रविधि बारेका घटनाक्रम र प्रतिवेदनले पछिल्लो समय नेपालमा चिन्ताजनक खालको साइबर हमला हुने गरेको देखाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा पछिल्लो पाँच महिनामै ४३ करोड ८५ लाखभन्दा बढीका ठगीका उजुरी पर्नुले नेपालमा सामाजिक सञ्जालको प्रयोगमार्फत् अपराध कसरी बढिरहेको छ भन्ने स्पष्ट पार्छ ।
कसरी हुन्छ साइबर अपराध ? साइबर अपराधको बढ्दो क्रमले के देखाउँछ ? हामीले प्रयोग गरिरहेको सामाजिक सञ्जाल र अनलाइन बैंकिङ कति सुरक्षित छ ? के नेपाल अन्तर्राष्ट्रिय साइबर अपराधको हब बन्दै छ ? नेपालको साइबर सुरक्षासम्बन्धी प्रस्तावित कानुन कस्तो छ ?
यिनै विषयमा बहस गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ- नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी- दीपक अवस्थी, साइबर सुरक्षा विज्ञहरु - विजय लिम्बु र निर्मल दाहाल
विस्तृत कुराकानी भिडियोमा :