सरोकार : 'विस्फोटको जोखिममा' २१ हिमताल : च्छो रोल्पा के होला ?

भाद्र ५, २०८१ |विकास थपलिया
सरोकार : 'विस्फोटको जोखिममा' २१ हिमताल : च्छो रोल्पा के होला ?

काठमाडौं । सोलुखुम्बुको थामे नजिकै दुईवटा हिमताल विस्फोट हुँदा भीषण बाढी आएसँगै नेपालका अन्य उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर निम्तन सक्ने विपद्का जोखिमबारे चिन्ता व्यक्त भइरहेका छन् । 

अध्ययनहरुका अनुसार नेपालका २१ हिमतालहरु विस्फोटको जोखिममा छन् । हिन्दुकुश हिमालय क्षेत्र भनिने नेपाल, भारत र तिब्बतमा रहेका ३ हजार ६ सय २४ हिमतालमध्ये ४७ विस्फोटनको उच्च जोखिममा छन् । यीमध्ये सबैभन्दा बढी तिब्बतमा २५, नेपालमा २१ र एउटा भारतमा छ । 

विज्ञका अनुसार ती ४७ वटै हिमताल फुट्दाको असर नेपालमा बढी पर्छ । अति जोखिमको सूचीमा रहेका ६ हिमतालमध्ये दुईवटामा पानीको सतह घटाइए पनि बाँकीको बजेट अभावले अलपत्र छ । बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिएर नयाँ हिमताल बन्ने क्रम बढ्दो छ । पछिल्ला दशकमा मानव सिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका छन् ।

थामेमा साना दुई हिमताल विस्फोटनबाट ठूलो विपद् निम्त्याएको छ । अन्यत्रका लागि यसको पाठ के हुन्छ ? 

हाम्रो देशमा कति हिमताल छन् ? कहाँका कति ताल जोखिममा छन् ? कुनै पनि बेला फुट्नसक्ने २१ वटा हिमतालको सम्भावित खतरा के हुन सक्छ ? कार्यक्रम सरोकारमा यिनै विषयमा कुरा गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ- सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पा, वन अधिकृत प्रेमा थापा र इसिमोडका वरिष्ठ जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement