संवैधानिक परिषद्‍ले यौन दुर्व्यवहारका आरोपितलाई सिफारिस गर्नु नै दुखद हो : विन्दा पाण्डे

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
संवैधानिक परिषद्‍ले यौन दुर्व्यवहारका आरोपितलाई सिफारिस गर्नु नै दुखद हो : विन्दा पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता विन्दा पाण्डेले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समितले नै निर्णय नगरेर राजनीतिक नेतृत्वलाई जिम्मा दिनु गलत भएको बताउनुभएको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दै नेता पाण्डेले यौन हिंसाको आरोप लागेका व्यक्तिलाई संवैधानिक निकायमा सिफारिसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले साझा मुद्दा र अधिकारको सवालमा सबै दलमा रहेका महिलाहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

२०६४ पछि महिलाको सहभागितामा उल्लेख्य सुधार भए पनि नेतृत्वदायी भूमिकामा पुग्न अझै संघर्ष गर्नुपर्ने उहाँको भनाइ छ ।

 विस्तृत कुराकानी भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement