फायरसाइडमा शशांक कोइराला- कांग्रेस-एमाले मिले तानाशाही सरकारको खतरा हुन्छ

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा शशांक कोइराला- कांग्रेस-एमाले मिले तानाशाही सरकारको खतरा हुन्छ

राजनीतिमा फेरि उथलपुथल । सत्ता गठबन्धनमा फेरि खटपट । दलहरुबीच असन्तुष्टि । आरोप प्रत्यारोप र धोकाधडी । नेपाली राजनीति यी र यस्तै शीर्षकभन्दा माथि उठ्न सकेको छैन ।

फेरि एकपटक सत्ता समीकरण खतराको मोडमा पुगेको आशंका व्याप्त छ । सत्तासीन दलकै सांसदहरुको तीव्र असन्तुष्टिबीच नयाँ आर्थिक वर्षको बजेट त पारित भयो, तर यो बजेट कार्यान्वयन गर्न वर्तमान सरकार नै यथावत् रहने हो वा नयाँ सत्ता समीकरणको निर्माण हुने हो ? राजदूत फिर्ता र नयाँ राजदूत सिफारिस, गठबन्धनमा प्रवेश गर्न तयार अवस्थामा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी, सहकारीको बचत अपचलन, अनि केही ठूला घोटालाका प्रकरणमा मुछिएकाहरुमाथिको अनुसन्धान र कारबाहीजस्ता विषयले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र जसपा नेपालसहितको माओवादी नेतृत्वको गठबन्धनमा तिक्तता कायम छ ।

२०८४ को निर्वाचनसम्म सरकारमा नजाने घोषणा गरेको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको गतिविधिले भने सरकारमा जाने हतारोबाहेक त्यो दलको अर्को लक्ष्य देखिएको छैन । त्यही दलका केही नेता भने फड्के किनाराको साक्षीजस्तो आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व हत्याउन शक्ति सञ्चयमा लागेका छन् ।

सुशासन, सेवा प्रवाह, रोजगारी सिर्जना, भ्रष्टाचार न्यनीकरणजस्ता विषयमा सरकारका प्रयासहरु प्रतिपक्षी दलको आँखा कति प्रभावकारी छन् ? फायरसाइडको आजको अंकमा मूल रुपमा यही प्रश्नको जवाफ खोज्नेछौं । तर त्यससँगै चासोको प्रश्न के पनि हो भने पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन फेरि धरमराएको हो ? फायरसाइडमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य सशांक कोइरालाले पार्टीको नेतृत्वका लागि आफू अब तयार भएको दाबी गर्नुभएको छ ।

आगामी महाधिवेशनमा उम्मेदवारीको तयारीका प्रसंगमा सोधिएको प्रश्नमा उहाँले आफू अब परिपक्व र योग्य भएको बताउनुभयो । सभापति शेरबहादुर देउवाको आफूलाई समर्थन रहनेमा आशावादी देखिनु भएका कोइरालाले आवश्यक परेको खण्डमा पार्टीमा देउवा पत्नी आरजुलाई स्थापित गर्ने प्रयास गर्ने पनि बताउनुभयो ।

सभापति पदका आकांक्षी महामन्त्री गगन थापाको भने सभापति बन्ने समय अझै आइनसकेको उहाँको भनाइ छ । थापालाई थप परिपक्व हुन र १६औं वा १७औं महाधिवेशनमा सभापति लड्न उहाँको सुझाव छ ।

प्रस्तुत छ- शशांक कोइरालासँग नयाँ सत्ता समीकरणको सम्भावना, प्रतिपक्षीका रूपमा कांग्रेसको भूमिका, सांसदका रूपमा आफ्नै भूमिका र कांग्रेसको आन्तरिक राजनीतिलगायत विषयमा रूपेश श्रेष्ठले गरेको अन्तर्वार्ता फायरसाइडको नयाँ अंकमा :

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.